थर्काेट समाचारदाता
तुल्सीपुर, दाङ ।
ग्लोबल करियर काउन्सिलद्वारा प्लसटु परीक्षार्थीका लागि निःशुल्क अध्ययन स्थल उपलब्ध गराईने भएको छ ।
प्लसटु परीक्षा नजिकिँदै जाँदा शान्त र व्यवस्थित अध्ययन वातावरणको आवश्यकता महसुस गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै ग्लोबल करियर काउन्सिलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क अध्ययन स्थल उपलब्ध गराउने घोषणा गरेको हाे ।काउन्सिलका अनुसार प्लसटु दिन लागेका विद्यार्थीहरूका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अध्ययन गर्न मिल्ने सुरक्षित, शान्त र उपयुक्त स्थान व्यवस्था गरिएको छ। यो सुविधा परीक्षा अवधिभर लागु रहनेछ।ग्लोबल करियर काउन्सिलले पहिलो चरणमा ५० जना विद्यार्थीका लागि मात्र यो अवसर उपलब्ध गराउने जनाएको छ। सीमित सिट भएकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क गरी आफ्नो स्थान सुनिश्चित गर्न आग्रह गरिएको छ।
काउन्सिलका प्रतिनिधिका अनुसार धेरै विद्यार्थीहरू घरको वातावरण, भीडभाड, बिजुली तथा अन्य कारणले प्रभावकारी रूपमा पढ्न नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै यो पहल गरिएको हो। “विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यो व्यवस्था मिलाइएको ग्लोबल करियर काउन्सिलले जानकारी गराएकाे हाे ।
