२७ मंसिर २०८०, बुधबार १६:३४ २७ मंसिर २०८०, बुधबार १६:३४ २७ मंसिर २०८०, बुधबार १६:३४
विकास निर्माण भनेको पुराना संरचनाहरूलाई अन्त्य गरी नयाँ संरचनाको निर्माण गर्नु हो । दुःख पीडैपीडामा जिवन गुजारा गरिरहेका ग्रामिण भेगका आम नागरिकलाई सेवा दिइ सुखसंग जिवन विताउनका लागि सहज बनाउने माध्ययम हो विकास । जसले उपमहानगरपालिकामा रही हरेक विकास निर्माणबाट पछि परेका ग्रामिण भेगमा अवस्थित गाउँ, टोलका आम नागरिकहरूले टेवा पाई विकास नयाँ अनुहार परिवर्तन गर्ने अवसर पाएका हुन्छन् । यस देशका विभिन्न राजनीतक दलहरू, विभिन्न सम्बन्धीत निकायहरूले विभिन्न गोष्ठि तथा कार्यक्रमहरूमा विकास निर्माणको पहिलो प्राथमिकता ग्रामिण भेगलाई भनेर गफ छाड्दै आफ्ना मन्तव्यहरू राख्ने गर्दछन् । तर ती शव्दहरू व्यवहारमा लागु नभइ कागजमा मात्र सिमित रहने गर्दछन् ।
नेपाल सरकार तथा सम्बन्धीत निकायहरूले हरेक विकास निर्माणका कार्यहरूको पहिलो प्रार्थमिकता ग्रामिण भेगलाई भनेर वजेट निकासा गरेता पनि सो सेवा ग्रामिण भेगका गाउँ, टोलहरूमा नभएर शहरमा केन्द्रित भएको हुन्छ । पछिल्लो समयमा आएर हरेक विकास निर्माणको सेवा ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरूले पाउन सकेका छैनन् । तुलसीपुर नगरपालिका भित्र रहेर पनि विकास निर्माणबाट पछि परेका कयौ वडाहरू रहेका छन् । त्यहाँ हालसम्म पनि भने अनुसारको विकास निर्माणले छुन सकेको छैनन् । अन्य छिमेकी गाउँहरूम सम्पूर्ण विकास निर्माणले टेवा पाएको देखी आफ्नो गाउँलाइ पनि सो सरह बनाउने उद्देश्यले ग्रामिण भेगका मानिसहरू सामाजिक विकास निर्माणका कार्यमा निरन्तर रूपमा लागेता पनि सम्बन्धीत निकायले पहल नगरेकै कारण सो क्षेत्रका स्थानीयबासीहरू सम्पूर्ण विकास निर्माणका कार्यहरूबाट पछि परेका छन् । यसरी विकास निर्माणबाट पछि परेका क्षेत्रहरू थुर्पै रहेका छन् । जसमध्य तुलसीपुर उपमहानगरपालिका वडा नं.–३ का गहते, विस्मुरे, असोरकोट, ठूलासम्मा, ठाँटीगाउँ, कालमारे, बाह्रमौजा, अम्बास, नाउला, टुनापानी, सातबास, गैरेनाउला लगाएतका गाउँहरू विभिन्न वडाहरू रहेका छन् । सो क्षेत्रहरूमा नत यातायातको उचित सुविधा छ नत स्वच्छ पिउनेपानी, शिक्षा स्वास्थ्य लगाएतका सेवासुविधाहरू हालसम्म पनि सो क्षेत्रमा पुग्न सकेका छैनन् ।
यातायातको सुविधा नभएकै कारण त्यस क्षेत्रका स्थानीयबासीहरू १० किलोमिटर पैदलयात्रा हिंडी आफ्ना दैनिक उपभोगिय बस्तुहरू निर्यातका लागि दाङको तुलसीपुरमा आउने गर्दछन् भने आफुहरूद्वारा उत्पादित दैनिक उपभोगिय बस्तुहरू आलु, टमाटर, सिमी लगाएतका तरकारी खेती बजारसम्म पु¥याउने कुनै माध्ययम नभएकै कारण घरमै सडेर जाने गरेको पाइएको छ । स्वच्छ पिउने पानीको उचित व्यवस्था नभएकै कारण विभिन्न प्रकारका रोगहरूले ग्रसित हुन पुगेकाछन् । आफ्नो क्षेत्रमा स्वास्थ्य क्लिनिक नभएकै कारण मृत्युलाई हत्केलामा च्यापेर रोगसंग लड्दै बस्नु परेको स्थानीयबासीहरूले दुखेसो पोखेका छन् । त्यस्तै गरी गाउँमा विद्यालय नभएकै कारण सो क्षेत्रका स्थानीयबासीहरू उच्च शिक्षाको अध्ययनका लागि देनिक ४ घण्टाको लामो पैदल यात्रा गरी आउनु पर्ने तर वर्षायाममा खोलानाला बढ्ने भएकोले स–साना बालबालिकाहरू घरमै बसेर धुलोमाटोमा खेल्न बाध्य भएकाछन् । यी त यस सम्पादकीयका लागि पात्रमात्र हुन यस्ता पीडैपीडामा दुःख पाएका विभिन्न उपमहा नगरपालिकाका नामले चिनिने सयांै ग्रामिण भेगका बस्तीहरू रहेका छन् । अफैपनि ती क्षेत्रहरूमा कुनैपनि विकास निर्माणले छुन सकेको छैन् । ती क्षेत्रका मानिसहरू विजुली वत्तीको नाममा सल्लाको झर्को, ममवत्ती, टुकी, टुकीमारा बालेर रात गुर्जानु परेको छ भने शिक्षाको नाममा दाउँरा, घाँस गरेर दिन विताउनु परेको छ तर यस्ता ग्रामिण भेगहरूमा कसैको पनि ध्यान केन्द्रीत हुन सकेको छैन् ।
यस देशका नेता तथा सम्बन्धीत निकायहरू सबै वजार केन्द्रीत भएका छन् । यसरी पीडैपीडामा दुःखदायी तरिकाले जिवन गुजारिरहेका सम्पूण ग्रामिण भेगमा स्थानीय सरकार, विभिन्न सम्बन्धीत सरोकारवाला निकायहरू, विभिन्न राजनीतिक दलहरू एकजुट, भइ विकास निर्माणको पहलका लागि एकजुट हुन अत्यन्त आवश्यक छ । यसरी ती क्षेत्रहरूमा स्थानीय सरकार, विभिन्न सम्बन्धीत निकायहरूले समयमै विकास निर्माणमा पहल गरिदिएमा सो क्षेत्रका स्थानीय बासीहरूको समेत जीवन स्थर माथि उठनुका साथै ग्रामिण भेगले विकास निर्माणको टेवा पाई सुन्दरनगरी बस्तीका नामले चितपरिचति हुने थियो कि ।