गौरी टोलमा पुग्याे पहिलाेे पटक सडक बत्ती, स्थानीयबासीहरु हर्षीत

Byदोर्ण के.सी.

२५ आश्विन २०८१, शुक्रबार १८:५९ २५ आश्विन २०८१, शुक्रबार १८:५९ २५ आश्विन २०८१, शुक्रबार १८:५९

दाेर्ण के. सी. तुलसीपुर २५ असोज ।

तुलसीपुर उपमहानगरपालिका–८ को अश्वारा स्थित गौरी टोलमा पहिलो पटक सडक बत्ती बले पछि स्थानीयवासीहरु हर्षीत भएकाछन् । १० हजार लागतमा अश्वारा स्कुलदेखि हरियाली पार्क स्थित नवदुर्गा भगवती मन्दिरसम्म १० वटा पोलमा सडक बत्ती जडान गरिएको हो । यसैबिच तुलसीपुर उपमहानगरपालिका–८ का वडा अध्यक्ष धर्मराज वलीले नेपालीहरूकाे महान चाड विजयाशमीकाे अवसर पारेर सडक बत्तीको उद्घाटन गर्नुभएको छ । कतिपय टोल विकास संस्थाहरु निस्कृय भएका बेला गौरी टोल विकास संस्थाले

समाजको आवश्यकता पहिचान गरेर उज्यालो टोल बनाएको प्रति  वडा अध्यक्ष वलीले  प्रशंसा व्यक्त गर्नुभयो । टोलहरु वडाको अभिन्न अंगहरु भएको भन्दै समाज रुपान्तरणका लागि गर्ने हरेक काममा वडाको साथ सहयोग रहने उहाँले बताउनुभयो । सडक बत्ती जडान भएपछि मन्दिरमा आवत जावत गर्ने भक्तजनहरुदेखि टोलबासीलाई सहज भएको गौरी टोल विकास संस्थाका अध्यक्ष सुर्य बहादुर बस्नेतले जानकारी दिनुभयो हाे । बालबालिकादेखि वृद्धसम्म दैनिक मन्दिरमा दर्शनका लागि आउने जाने गर्छन । गाउँ उज्योलो हुँदा नागरिकले सुरक्षित महसुस गर्ने भए । पछिल्लो समय चोरीका घटनहहरु बढ्न थालेका छन् । घरमा राखेका मोटरसाइकल, चल्ला कुखुरा चोरी हुने क्रम बढेको छ । उज्यालो हुँदा यसमा पनि कमी आउने हामीले अपेक्षा गरेका छौ ।’ टोलका अध्यक्ष बस्नेतले टाेलबासीहरु समक्ष आफ्नो धारणा राख्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds