



तुलसीपुर,मंसिर २७ गते।
दाङमा एक गोठमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका १३ आनन्दनगर टोल बस्ने नारायण खड्काको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।आगोलाई प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
