









थर्कोट समाचारदाता
लमही २४ माघ
गुरुकुल एकेडेमी लमहिको पहिलो वार्षिकोत्सव आज एक भव्य समारोहको बिच सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता इन्जिनियर अनन्तराज घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लमहि नगरपालिकाका मेयर जोगराज चौधरी उपस्थित हुनुहुन्थ्यो। वार्षिकोत्सवको कार्यक्रम हर्षोल्लासका साथ सुरु भएको थियो। विद्यालयका छात्र–छात्रा, शिक्षक, अभिभावक र स्थानिय समुदायका सदस्यहरू एकत्रित भइ समारोहमा भाग लिएका थिए। प्रमुख अतिथिका रूपमा मेयर जोगराज चौधरीले वार्षिकोत्सवको उद्घाटन गर्दै यस अवसरलाई लमहि क्षेत्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गर्नुभएको थियो। उहाँले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीलाई शिक्षाका स्तरमा अझ उच्च बनाउने उद्देश्य राखी आगामि दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। कार्यक्रममा विद्यालयका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले गुरुकुल एकेडेमीको शैक्षिक उपलब्धि हरूको बारेमा जानकारी दिँदै, आगामी दिनमा विद्यालयलाई अझै प्रगति र विकासको दिशामा लैजानका लागि विविध योजनाहरू तयार गरिएको बताउनुभएको थियो। उँहाले विद्यालयका शिक्षक र कर्मचारीहरूको समर्पण र मेहनतलाई सराहना गर्दै, विद्यार्थीहरूको उज्जवल भविष्यको लागि सम्पूर्ण समुदायसँग सहकार्य गर्ने महत्त्वपूर्ण कुरा बताएका थियो। यस वार्षिकोत्सवमा छात्र९छात्राहरूका बीच विभिन्न शैक्षिक प्रतियोगिताहरू र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। संगीत, नृत्य, कविता वाचन र नाटकका प्रस्तुतिहरूले समारोहलाई विशेष बनाएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक लक्ष्य र भविष्यका योजनाहरू प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक सुरज खनालले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले लमहि क्षेत्रमा शिक्षा क्षेत्रको सुधार र प्रगति गर्नको लागि गुरुकुल एकेडेमीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। यस वार्षिकोत्सवले गुरुकुल एकेडेमीलाई शैक्षिक दृष्टिकोणमा प्रगति गर्ने र क्षेत्रीय स्तरमा महत्वपूर्ण संस्थाको रूपमा स्थापित गर्न मद्दत पुर्याउने पनि बताइएको छ। लमहि नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि यस प्रकारका कार्यक्रमहरूका आयोजना महत्त्वपूर्ण छन्। यसले समुदायलाई शिक्षामा सक्रिय र समर्पित बनाउँछ र विद्यार्थीहरूको भविष्य उज्जवल बनाउन मद्दत पुर्याउँछ। कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रानाध्यापक डा। कृष्णराज डिसि , सेयर सदस्य कमल जंग ठकुरी , सितल भुषाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


