दोर्ण के.सी.
दाङ, १४ चैत ।
गुरुकुल एकेडेमी तुलसीपुरमा पूर्व प्राथमिक तहका विद्यार्थीको दिक्षान्त समारोह गरिएको छ । पूर्व प्राथमिक तहबाट आधारभूत तहमा प्रवेश गरेका विद्यार्थीलाई बिहिबार दिक्षान्त समारोह गरिएको हो ।

गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गीरीको अध्यक्षता तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा डा. खत्रीले संस्कारसहितको शिक्षा दिएर गुरुकुल एकेडेमीले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

उहाँले निजिस्तरबाट संस्कारयुक्त जनशक्ति उत्पादन हुनु सुखद पक्ष रहेको भन्दै अबको शिक्षा संस्कारसहितको हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बालबालिकालाई प्लाष्टिकमा प्याक गरिएका खानेकुरा खुवाउन नहुने समेत बताउनुभएको थियो । जन्मदिनमा केक काटेर भन्दा स्याउ काटेर मनाउनुपर्ने समेत उहाँको भनाई रहेको थियो ।

यस्तै प्रधानाध्यापक गिरीले पूर्व प्राथमिक तहबाट प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीको लागि दिक्षान्त समारोह गरिएको बताउनुभएको थियो । उहाँले दिक्षान्त समारोको अवसरमा बालबालिकाले आफ्ना अभिभावकको सम्मान समेत गरेको बताउनुभएको थियो ।

उहाँले गुरुकुल एकेडेमीले शिक्षासंगै संस्कार र संस्कृतिमा पनि जोड दिएको बताउनुभउको थियो । यस्तै रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गुरुकुल एकेडेमीले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

उहाँले संस्कारसहितको शिक्षा आवश्यक रहेको भन्दै गुरुकुलले त्यस्तो किसिमको जनशक्ति उत्पादनमा भूमिका खेलेको बताउनुभएको थियो । यस्तै अभिभावकक गोविन्द मज्गैँया र प्रभा आचार्यले विद्यार्थीको चौतर्फी विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

कार्यक्रमको सहजीकरण चिन्तना धितालले गर्नुभएको हो । त्यस अवसरमा विद्यार्थीले विभिन्न सन्देशमूलक गितमा नृत्य तथा अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds