थर्काेट समाचारदाता
तुलसिपुर ५ आषाढ
गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरूको मौखिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष दाँत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई प्रारम्भिक उमेरदेखि नै दाँतको महत्त्व र सरसफाइबारे जानकारी दिने उद्देश्यले सम्पन्न भएको हो । उक्त कार्यक्रममा बिआर डेन्टल अस्पतालका सञ्चालक तथा वरिष्ठ दन्त चिकित्सक डा. बिपि भुषालले प्रशिक्षण प्रदान गर्नुका साथै विद्यार्थीहरूको व्यक्तिगत रूपमा दाँत परीक्षण समेत गर्नुभयो। प्रशिक्षण सत्रमा डा. भुषालले दाँत कसरी सफा गर्ने, कुन समयमा ब्रस गर्ने, मिठाइ तथा कार्बोनेटेड पेय पदार्थहरूको अत्यधिक सेवनले कसरी दाँतलाई असर पुर्‍याउँछ, मसुढाको हेरचाह कसरी गर्ने, र नियमित रूपमा दन्त चिकित्सक कहाँ परीक्षण गराउनुको महत्त्वबारे विस्तृत जानकारी दिनुभयो।

कार्यक्रमपछि कक्षा प्लेगुपदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियो। परीक्षणको क्रममा केही विद्यार्थीहरूमा प्रारम्भिक समस्या देखिएको र आवश्यक परामर्श तथा उपचारका लागि अभिभावकलाई जानकारी गराइएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले “स्वास्थ्य नै धन हो भन्ने पुरानो भनाइलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो । बालबालिकालाई प्रारम्भिक अवस्थादेखि नै मौखिक स्वास्थ्यप्रति सजग बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो। हामी भविष्यमा पनि यस प्रकारका चेतनामूलक तथा व्यावहारिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने जाने पनि उँहाले बताउनुभयो । बर्षमा ४ पटक विद्यालयमा विशेषज्ञ डा. बोलायर स्वास्थ्य चेकजाच गर्ने तालीका अनुरुप यो कार्यक्रम सम्पन्न गरीएको हो ।

गुरुकुल एकेडेमी तलुलसिपुरका प्रधानाध्यापक श्री मुकुन्द गिरीको अध्यक्षतामा तथा डा. बिपि भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक बाशुदेव योगीले गर्नुभयको थियो। कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीच स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गराएको प्रतिक्रिया आएको छ। गुरुकुल एकेडेमीले आगामी दिनहरूमा पनि नियमित रूपमा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds