



दोर्ण के.सी
घोराही १२ माघ ।
गुरुकुल एकेडेमी घोराही आफ्नो १० औ वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनी गरेको छ । गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरूले बनाएका वैज्ञानिक सामग्रीहरूको आज एक कार्यक्रमका बिच प्रदर्शन गरेको हो । कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूले विज्ञान प्रदर्शनीमा भाग लिएका थिए । विद्यालयले एक औपचारिक कार्यक्रम गरेर विज्ञान प्रदर्शनी गरेको हो । कार्यक्रममा सहभागि वक्ताहरूले कुनै पनि वैज्ञानिकहरू एकै पटकमा सफल नहुने भन्दै असफलता पछि पक्कै पनि सफलता मिल्ने भएको हुनाले विद्यालय र विद्यार्थीहरूलाई नियमित कार्यमा लाग्न सुझाव समेत दिएका थिए । वैज्ञानिक एडिसनको उदाहरण दिदैँ उपलब्ध भएका सम्पूर्ण कुराहरूको सदुपयोग गदै अगाडि बढ्नुपर्ने समेत बताएका थिए ।
सो अवसरमा गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । विज्ञान प्रदर्शनी हवाइजहाज , ड्रोन क्यामरा , लुम्बिनी प्रोजेक्ट हल , क्ल्याप स्विच स्टिक फर ब्लाइन्ड पर्शन , स्मार्ट सिटीएसि, कुलर , सोलार कुकर , वाटर साइकल , सेभ द अर्थ लगायतका सामग्रीहरू बनाएर प्रदर्शनी राखिएको थियो । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले स्वागत मन्तव्य बाट सुरूभएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक जित बहादुर थापाले गर्नुभएको थियो ।






