दोर्ण के.सी.
तुलसीपुर १५ असार
लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारले विभिन्न लघुवित्त वित्तिय संस्थाहरू अब संघर्ष समितिको घेरामा पर्ने बताउनुभएको छ । विभिन्न लघुवित्त वित्तिय संस्थाहरूले विगतदेखि हालसम्म गाउँ–गाउँमा गएर लघुबित्त पिडीत दिदीबहिनीहरूलाई सताउँदै आएको पाईएको छ । लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालले विगतदेखि हालसम्म पनि विभिन्न लघुवित्त वित्तिय संस्थाहरूलाई त्यसो नर्गन सरसल्लाह, सुझाबसँगै आग्रह गर्दापनि विभिन्न लघुवित्त वित्तिय संस्थाहरूले आफ्नो कार्यशैली परिवर्तन नगर्दा लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालमा आवद्व पिडीत दिदीबहिनीहरूले ठुलो पिडा खेपेको बताउनुभएको हो ।लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष सुनार र लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल तुलसीपुरका नगर संयाेजक शरण थारुकाे नेतृत्वमा नेपाल दाङका प्रेस सल्लाहकार दाेर्ण केसीले तुलसीपुरमा रहेका लघुबित्त बित्तिय संस्थाहरुसँग परामर्श गर्दै उहाँले साे कुरा बताउनुभएको हाे ।

साे छलफल कार्यक्रममा लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङ तथा नगरका समितिहरु उर्मिला बुढा, पाण्डबी नेपाली, जानकी लगायतकाे सहभागीता रहेकाे थियाे । नेपाल दाङका अध्यक्ष सुनारले हामीहरूले पट्क–पट्क विभिन्न लघुवित्त वित्तिय संस्थाहरूलाई सम्झाउँदा ति संस्थाहरूले नत हाम्रो आग्रहलाई नलत माने नत आफ्नो कार्यशैली परिवर्तन गरे । सो अनुरूप अव लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालमा आवद्व सम्पुर्ण दिदीबहिनीहरू आफ्नो अधिकार सुनिष्चितताका लागि एकजुट भएर आन्दोलनमा जुटन लागेको नेपाल दाङका अध्यक्ष सुनारलाई दाङमा विशाल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको । उहाँले पाईएमा जस्तोसुकै कदम सहित अगाडि बढ्ने चेतावनी दिनुभएको छ । नेपाल दाङका अध्यक्ष सुनारले हामीहरू एकातिर आन्दोलनमा छौं ।

अर्कोतर्फ केही लघुबित्त बित्तिय संस्थाहरूले पिडीत दिदीबहिनीहरूका घर–घरमा गएर हप्काउँदै किस्ता तिर भन्ने, पत्रिकामा छापिएको नाम स–साना छोराछोरीलाई देखाईदिने, तर्साउने, बाध्य बनाउने कार्य तिर्व पारिएकोले यस्तो नगर्न सम्पूर्ण लघुबित्त बित्तिय संस्थाहरूलाई चेतावनी दिनुभएको हो । उहाँले लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालले आफ्नो आन्दोलनलाई निरन्तर दिदै यस्तो चेतावनी दिएकाछौं यदि लघुबित्त बित्तिय संस्थाहरूले हाम्रो चेतावनीलाई व्यवास्ता गरि यस्तो कार्य दोहर्याई रहेमा भोलीका दिनमा ठुलो मुल्य चुकाउनुपर्ने र सो मुल्यको जिम्मेवारी स्यम लघुबित्त बित्तिय संस्थाहरूले लिनुपर्ने चेतावनी दिनुभएको हो । उहाँ अगाडि भन्नुहुन्छ हामीले चेतावनी दिदादिदैपनि पछिल्लो समयमा डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड, लगायतका लघुबित्तहरूले पिडीत दिदीबहिनीका घर–घरमा गएर स–साना छोराछोरीहरूलाई पत्रिकामा छापिएको नाम देखाउने, किस्ता तिर्नुपर्छ भन्ने बाध्यताका शव्दहरू दिने गरेको पाईएकोले डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड समयमै सचेत रहन आग्रह गर्नुभएको छ । राज्य तथा स्थानीय सरकारले पहल गरिरहेको अबस्थामा डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडसँगै अन्य लघुबित्तहरूले आफ्नो कार्यलाई तिव्रता दिएमा ठुलो समस्या भोग्नुपर्ने र सोको जिम्मेवारी आफै लिनुपर्ने भएकोले सम्पूर्ण लघुबित्त बित्तिय संस्था लिमिटेडहरू समयमै सचेत रहन चेतावनी दिनुभएको हो ।

२०७८ माघ १ गते गुल्मीदेखि सुरु गरिएको लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालको आन्दोलन सुरू भए पश्चात २०८२ सालसम्म आईपुग्दा हामीहरूले स्थानीय सरकार, राज्य तथा विभिन्न लघुबित्त बित्तिय संस्था लिमिटेडका शिओ तथा कर्मचारीहरूसँग पटक–पटक छलफल गर्दापनि हाम्रा मागहरूलाई व्यवास्ता गरेकै कारण हामीहरुले राज्यको ढोकामा घचघचाउन गयौँ यहाँको राज्य तथा स्थानीय सरकरासँग आफ्नो ज्यानको आहुती राखेर लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल का केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा थुर्पै आन्दोलनहरू भएकाछन् । लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष ज्ञवाली ३३ लाख दिदीबहिनीमा माग पुरा हुन्छन् कि भनेर लामो समयसम्म पानी नखाएर अन्सन बस्याै । संस्था लघुवित्त तथा वित्तिय शोषण विरूद्वको संघर्ष समिति नेपाल दाङका अध्यक्ष कृष्ण बहादुर सुनारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङमा पुगी दाङ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझायाै ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी लम्सालले ज्ञापनपत्र बुझ्दै सम्पूर्ण लघुबित्त बित्तिय संस्था लिमिटेडबाट पिडीत दिदीबहिनीहरूको समस्या समाधानको लागि पहल गर्ने सुझाव दिनुभएको थियो । तर पनि यहाँका लघुबित्त बित्तीय संस्थाहरुले आफ्नाे कार्यशै परिवर्तन नगरेकाे भन्दै असार १५ गते तुलसीपुरमा स्वालम्वन र निर्धन लघुबित्त वित्तीय संस्था लिमिटेडमा पुगेर त्यहाँका कार्यालय प्रमुखहरुसँग बसेर परामर्श गरेका थिए । उनीहरुले लामाे समयसम्म परामर्श गर्दै अबका दिनदेखि आफ्ना सदस्यहरुलाई कालाे सुचिमा नराख्न, पत्रिकामा नाम ननिकाल्न, टर्चर र दवाव नदिन सुझाव दिएका थिए ।यदि याे सुझावलाई पनि लघुबित्त बित्तीय संस्था लिमिटेडहरुले व्यवास्ता गरेमा ठुलाे मूल्य चुकाउनु पर्ने र साेकाे जिम्मा लघुबित्त बित्तीय संस्था लिमिटेडहरुले लिनुपर्ने चेतावनी सहित सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds