खाद्य व्यवस्था कम्पनी दाङद्वारा करिब दुई हजार क्विन्टल धान खरिद

Byदोर्ण के.सी.

४ माघ २०८१, शुक्रबार १६:२९ ४ माघ २०८१, शुक्रबार १६:२९ ४ माघ २०८१, शुक्रबार १६:२९

दोर्ण के.सी.
तुलसीपुर,४ माघ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले करिब दुई हजार क्विन्टल धान खरिद गरेको छ । चालु आर्थीक वर्षको कार्तिक देखि पुससम्ममा एक हजार ६२३ दशमलव १४ क्विन्टल धान खरिद गरेको कार्यालयले जनाएको छ । नेपाल सरकारले यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरलाई धान खरिदको लागि अनुमति दिएको थियो । सोही अनुसार पहिलो पटक धान खरिद गर्न सुरु गरेको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिनुभएको थियो । चालु आर्थिक वर्षमा सरकारले कार्यालयलाई ८ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा अहिले सम्म एक हजार ६२३ दशमलव १४ क्विनटल धान खरिद गरेको कार्यालय प्रमुख सुनारले बताउनु भएको थियो ।पहिलो वर्ष भएकोले किसानहरुलाई थाहा नभएकोले पनि कम धान खरिद भएको कार्यालय प्रमुख सुनारको भनाई छ । व्यापारीहरु गाँउ गाँउमा पुगेर धान खरिद गर्ने भएकोले पनि खाद्य कार्यालयसम्म किसानहरु नआएको बताउनु भएको थियो । गाँउघरमा निजी गल्ला व्यवसायीहरू, स्थानीय घोडलद्दिहरू गाउँमै पुगेर धान खरिद गर्ने भएकाले पनि कार्यालयसम्म सबै किसानहरु नआएको हुन सक्ने उहाँको भनाई छ । कार्यालयले प्रति क्विन्टल ३ हजार ४१० रुपैंया ५१ पैसामा धान खरिद गदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds