दाङ, १९ माघ । बस र टिप्पर ठोक्किँदा १७ जना घाइते भएका छन्। बिहीबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ गैरेपेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प्र.प ०१-००१ ख ३४८० नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो।पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराका अनुसार बसमा चालकसहित ३५ जना सवार थिए । दुर्घटना हुँदा १७ जना घाइते भएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने ७ जना मध्यम र ९ जना सामान्य घाइते भएका छन् रउनीहरूको रूपन्देहीको देवदह मेडिकल कलेज, चौराह हस्पिटल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी बोहोराले जानकारी दिनुभयो। टिपर चालक नवलपरासी सुनवल नगरपालिका १० गैडाखालका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिइएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।
काठ्माण्डौबाट बाजुरा जाँदै गरेको बस टिप्परसंग ठोक्किदा दुर्घटना
Byदोर्ण के.सी.
१९ माघ २०८०, शुक्रबार १६:२६ १९ माघ २०८०, शुक्रबार १६:२६ १९ माघ २०८०, शुक्रबार १६:२६
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
धान बाली पसाउन थालेपछि तुलसीपुरका कृषकमा बढ्यो खुसी
३ आश्विन २०८३, शनिबार १४:४६ ३ आश्विन २०८३, शनिबार १४:४६ ३ आश्विन २०८३, शनिबार १४:४६
दोर्ण के.सी.
अन्तर - संवाद
तुलसीपुर उपमहानगरपालिका
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
नेपालको संविधान २०७२ जारी भएको ११ वर्ष पुराविभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै
३ आश्विन २०८३, शनिबार ०५:३५ ३ आश्विन २०८३, शनिबार ०५:३५ ३ आश्विन २०८३, शनिबार ०५:३५
दोर्ण के.सी.
तुलसीपुर नगर जेसीजद्वारा विद्यार्थीलाई जेसीआई मिसन–भिजन तथा एक्टिभ सिटिजन्स तालिम
१ आश्विन २०८३, बिहीबार १३:१९ १ आश्विन २०८३, बिहीबार १३:१९ १ आश्विन २०८३, बिहीबार १३:१९
दोर्ण के.सी.
