कविताः प्रवासीको पीडा

Byदोर्ण के.सी.

६ भाद्र २०८१, बिहीबार १८:४१ ६ भाद्र २०८१, बिहीबार १८:४१ ६ भाद्र २०८१, बिहीबार १८:४१

डिल्ली बस्नेत “सङ्गित “
सोच्छु, सोच्दासोच्दै आफैमा हराउछु
थाहाछैन जिवनको मुल्य ,
कतिखेर बढ्छ सर्लक्क
सुनको भाउसँगै अनि
कतिखेर कौडिकने भाउमा विक्न पुग्छ
जेहास्, उतारचढाप आइरहन्छ घरिघरि,
देखछु सपना थरीथरी ,
सपनै सपनाको चाङभित्र हराउदै


परदेशी भुमिमा पाइला टेकेँ सपनाको खोजीमा,
मनभरि माटोको माया हुदाहुदै कर्तव्यको खोजिमा ।
सम्झेर आँखा रसाउँछ अनि भक्कानिन्छ मन

आशै आशामा रात बित्छ चाउरिन्छ तन
सपना त धरै थिए रहर भनौ या बाध्यता
तर बाध्यताले पिरोल्दो रहेछ विरानो भुमि टेक्दा ।।
जीवनभरिको संघर्ष अनि परिवारको खुशी
तर रुकेनन् आँसु रहदासम्म श्वास एकमुठी ।।
कतै छोरा रोएको आभाष हुन्छ


कतै अधुरो छ बाबाको सपना
मनको चोट गहिरो छ,
शब्दले पोख्न सक्दैन ।।
कमाउँछु म परिश्रमले बनाउन सन्तानको भविष्य,
तर आफ्नै जीवन निस्सार बन्छ छैन केहि लक्ष्य ।।


बन्दो रहेछ आफै कठोर मन सोच्दा सोच्दै थरिथरी
बाच्नै पर्दाे रहेछ ङिच्च हास्नै पर्दाे रहेछ नचाहेरै घरिघरी ।।
सम्झन्छु म त्यो गाउँ, जहाँ थियो मेरो घर
आमा–बाबाको माया अनि त्यो स्नेहपूर्ण सरोकार ।
तर यो यात्रा जीवनको सत्य भयो
पाइलाले लिएको पथ,
कहिले फर्किन्छु थाहाछैन
यात्रा छ अनवरत ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds