कपुुरकोट गाउँपालिका सल्यानले गर्‍यो दर्जन बढी लोक संस्कृतीको प्रदर्शन

Byदोर्ण के.सी.

२५ कार्तिक २०८०, शनिबार १८:३८ २५ कार्तिक २०८०, शनिबार १८:३८ २५ कार्तिक २०८०, शनिबार १८:३८

दाङ, १६ कार्तिक । सल्यानको कपुरकोटा गाउँपालिकाले मौलिक लोक कलालाई प्रदर्शन गरेको छ । गाउँपालिका भित्र रहेका एक दर्जनभन्दा बढी लहरे, पैसरु तथा सोरठी नाचहरुको मंगलबार कालिका माविको प्राङ्गणमा प्रदर्शनी गरिएको हो ।कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले लोप हुन लागेका कलाहरुको संरक्षणका लागि गाउँपालिकाले यो संगै आगामी दिनहरूमा सिपमुलक तालिम तथा बाजागाजाको व्यवस्थापन गर्ने पनि बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासककीय अधिकृत भरत वली, वडा अध्यक्षहरु, पत्रकार लगायत स्थानीयहरुको सहभागीता रहेको

थियो । पालिका भित्र रहेका पुराना लोक संस्कृति पैसेरी, सोरठी, झ्यांगा, साइलो जी, ठाडो भाका लगाएतका लोक संस्कृति हराउँदै जान थालेको अवस्थामा गाउँपालिकाले लोक संस्कृति संरक्षणमा जोड दिएको हो । गाउँपालिकाका ६ वटै वडाबाट आएका नाचहरुको मुल्यांकन वरिष्ठ बाध्यवादक तथा गायक खर्क बहादुर बुढाले गरेका थिए । परापुर्व कालदेखि नै चलिआएका नाचहरुको ताल भुल्न नहुने उनले बताए । कार्यक्रममा सहभागि सबै नाचलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा एकल लोक गीत र एकल नृत्य प्रतियोगिता राखिएको थियो । एकल लोक गीतममा अनिता पुन प्रथम, पार्वती पुन दृतिय, दिलमाया घर्ती तृतीय र दिलकुमारी विक सान्त्वना भएका थिए भने एकल नृत्यमा यमुना पुन प्रथम, सिम्रन आरसी दृतिय, रिता घर्ती तृतीय र भावना बोहरा सान्त्वना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds