कपुरकोट गाउँपालिकामा सार्बजनिक सुनुवाई सम्पन्न

Byदोर्ण के.सी.

२७ असार २०८१, बुधबार १६:४२ २७ असार २०८१, बुधबार १६:४२ २७ असार २०८१, बुधबार १६:४२

दोर्ण के.सी.
सल्यान, २६ असार ।


कपुरकोट गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा कपुरकोट गाउँपालिकाले विभिन्न शाखा मार्फत संचालन गरेका सेवा प्रवाह देखि विकास निर्माणसम्मका कार्य प्रगतिका विषयमा सार्वजनिक सुवनाई गरेको हो । गाउँपालिकाले एक वर्षको अवधीमा प्रवाह गरेको सार्बजनिक सेवासंगै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, तथा लक्षित समुदायका लागि संचालन गरिएको कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी गराउँनुभएको थियो । उहाँले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको हो । गाउँपालिकाको आयोजना तथा नागरिक सुचना केन्द्र

सल्यानको सहजिकरणमा भएको सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागीले पालिकाबाट भएका राम्रो कामको प्रशंसा र सुधार गर्नुपर्ने विषयमा खुलेर आफ्ना भनाइ राखेका थिए । सहभागीले गाउँपालिकाको शैक्षिक सुधारलाई ध्यान दिनु पर्ने, कपुरकोट बहुमुखी क्याम्पस संचालनका लागि सहयोग गर्नु पर्ने, कृषि एम्बुलेन्स सञ्चालनका लागि कार्यविधी बनाउनु पर्ने, किसानहरुले एकिकृत कृषि हाटबजारबाटै सहज रुपमा तरकारी बिक्री गर्न सहज बाताबरणको सृजना गर्नु पर्ने, उत्पादनमा आधारित दिइने अनुदान के मा दिन लागिएको हो किटान गर्नु पर्ने लगायतका सुझाब दिएका थिए ।यस्तै गाउँपालिकाबाट आयोजना गरिने तालिम गोष्ठी लगायतका कार्यक्रमलाई न्यून गर्दै भौतिक पूर्वाधार विकास तर्फ ध्यान दिनु पर्ने, पालिकाबाट भएका योजनाको मात्रै नभई केन्द्र तथा प्रदेश सरकारबाट संचालन गरिएका योजनाको प्रभावकारी अनुगमन गर्नु पर्ने, यस अघि सम्पन्न गरिएका योजनाको संरक्षण र संचालनका लागि ध्यान दिनु पर्ने लगायतका सुझाब दिएका थिए भने शिक्षा, स्वास्थ्य , कृषि, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । सहभागिहरु बाट उठेका सवालको जबाफ दिदैं गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकाबासीबाट आएका सल्लाह सुझाब अनुसार नै नीति तथा कार्यक्रम बनाएर काम गर्ने गरेको बताउनु भयो ।उहाँले भन्नु भयो– “गाउँपालिका सबैको अभिभावक हो, हामीले वार्षिक कार्यक्रम तथा बजेटको पुस्तक निकालेका छौँ, सो अनुसार काम भए नभएको अनुगमन गर्नु होला ।” पालिकाले बनाएको योजना अनुरुप काम भए नभएको हामीलाई निरन्तर सुझाउनुहोस् हामी सच्याउन सधै तयार छौ । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले आफुहरु पालिकाको विकास र समवृद्धिका लागि अहोरात्र खटेको बताउनु भएको थियो । उहाँले भन्नु भयो– “आफुहरुको पहिलो लक्ष्य भनेको गाउँपालिकामा सुशासन कायम गर्नु हो” हामीले हरेक योजना कार्यान्वयन गर्दा ऐन कानुनलाई आधार बनाई जनताको चाहना अनुसार काम गर्ने गरेका छौ । जसका कारण कपुरकोट गाउँपालिका नयाँ अभ्यास गर्ने र योजना सफल कार्यान्वयन गर्नेमा कपुरकोट गाउँपालिका अग्र स्थानमा रहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds