कपुरकोट गाउँपालिकामा शून्य बन्दै बेरुजु

Byदोर्ण के.सी.

१४ भाद्र २०८१, शुक्रबार १७:०१ १४ भाद्र २०८१, शुक्रबार १७:०१ १४ भाद्र २०८१, शुक्रबार १७:०१

दोर्ण के.सी.
सल्यान, १४ भदौ ।
सल्यानको कपुरकोट गाउँपालिकाले बेरुजु शून्य प्रक्रियालाई अगाडि बढाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बेरुजु शून्य बनाउने अभियानमा लागेको बताउनुभएको थियो । उहाँले पालिकालाई बेरुजु शून्य बनाउन सबैको सहयोगको अपेक्षा गरिएको पनि बताउनुभएको थियो ।कपुरकोट गाउँपालिकाले बेरुजु शून्य अभियान अन्तर्गत आर्थिक वर्ष २०७४÷७५ देखि २०७९÷८० सम्मको असुल गर्नुपर्ने र प्रमाण पेश गर्नुपर्ने बेरुजु पत्र प्राप्त भएको मितिले १५ दिनभित्र फर्छयोट गर्नु पर्ने व्यवस्था मिलाइएको पनि बताउनुभएको थियो । यस उद्देश्यमा सहयोग पुर्याउन सबैलाई आग्रह गरिएको अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभएको थियो । कपुरकोट गाउँपालिकाका आर्थिक श्रेस्ता तथा विवरण, आन्तरिक लेखा परिक्षण र महालेखा परिक्षकको कार्यालयबाट प्राप्त अन्तिम लेखा परिक्षण अनुसार कर्मचारी, जनप्रतिनिधि, फर्म, संस्था तथा व्यक्तिहरुको नाममा रहेको असुल गर्नुपर्ने रकम र प्रमाण पेश गर्नुपर्ने उल्लेख गरिएको छ । सोही आधारमा कपुरकोट गाउँपालिकाले बेरुजु शून्य अभियानलाई अगाडी बढाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुनले बताउनुभएको थियो ।
उक्त पत्र प्राप्त मितिले १५ दिनभित्र तोकिएको राजस्व शिर्षक खाता नम्बरमा रकम जम्मा गरि सक्कल भौचर आर्थिक प्रशासन शाखामा पेश गर्न र प्रमाण पेश गर्न अनुरोध गरिएको उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभएको थियो ।समयमै रकम दाखिला नगरेमा कपुरकोट गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाबाट कटौती गरिने, बन्चित गरिने, र कानुनअनुसार असूल उपर गरिने गाउँपालिकाले जनाएको छ । कपुरकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षणबाट ४ करोड ८४ लाख ३४ हजार बेरुजु देखिएको थियो । सो सम्बन्धी ८ लाख ३४ हजारको प्रतिक्रिया प्राप्त भएको छ, तर बाँकी बेरुजु असुल गर्नुपर्ने रकम रू। ३० लाख ९२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रकम रू. २ करोड १६ लाख ३२ हजार, नियमित गर्नुपर्ने रकम रू. २५ लाख ७५ हजार र पेश्की बाँकी रकम रू. २ करोड रहेको छ । हालको अद्यावधिक बेरुजु रकम रू. १३ करोड ७६ लाख ३१ हजार रहेको छ । सबै सम्बन्धित पक्षलाई पत्राचार गरिने र समयमै रकम दाखिला नगरेमा कानुनी प्रक्रिया अगाडी बढाइने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds