कपुरकोटमा पूर्वबजेट विषयक छलफल कार्यक्रम सम्पन्न

Byदोर्ण के.सी.

१३ जेष्ठ २०८२, सोमबार १६:३२ १३ जेष्ठ २०८२, सोमबार १६:३२ १३ जेष्ठ २०८२, सोमबार १६:३२

थर्कोट समाचारदाता
सल्यान, १२ जेठ । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷२०८३ को वार्षिक कार्यक्रम तथा लागि पूर्व बजेट छलफल कार्यक्रम शुरु गरेको छ । कृषि, पर्यटन र पूर्वाधार—कपुरकोट गाउँपालिकाको विकासको आधार’ भन्ने मुल नारा संगै आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र विकास योजना तर्जुमा सन्दर्भमा आयोजित पूर्वबजेट छलफल कार्यक्रम शुरु भएको हो । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, ६ वटै वडाका वडा अध्यक्षहरू, जननिर्वाचित प्रतिनिधिहरू तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकका प्राथमिक आवश्यकतामा आधारित भएर बजेट विनियोजन गर्न सुझाव दिएका छन् । कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, सिंचाइ, विद्युत, महिला तथा बालबालिका, अपांगता र पालिकाले प्रवाह गर्ने सेवासुविधा सम्बन्धी विषयमा सेवाग्राहीहरूले मुख्य सरोकारका बुँदाहरू उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds