









दाेर्ण के.सल्यान, २५ भदाै ।
कपुरकाेट- काेइला सडक खण्डमा चल्ने घाेराही सिमेन्ट उद्योगकाे टिप्परले अत्याधिक सास्ती दिएकाे स्थानीयले गुनासो गरेका छन् । सल्यानकाे कपुरकाेट गाउँपालिकाले मंगलबार गरेकाे बहुपक्षीय बहस कार्यक्रममा स्थानीय तथा सराेकारवालाले सिमेन्ट उद्योगकाे टिप्परका कारण सडकको अवस्था बिग्रदै गएकाे, हिलाे र धुवाँले सास्ती पाएकाे गुनासाे गरेका छन् । कपुरकाेट- ५ मिलनबजारका स्थानीय बिम बहादुर रसाइलीले सिमेन्ट उद्योगका टिपरका निकै सास्ती पाएकाे बताउनुभयो । उहाँले धुलाे र हिलाेले अत्याधिक सास्ती दिएकाले यहि अवस्था कायम रहिरहे बन्द गर्न बाध्य हुने बताउनुभयो । यस्तै प्रेम भण्डारीले टिप्परले क्षमता बढी लाेड बाेक्दा सडकको अवस्था बिग्रने गरेकाे बताउनुभयो । टिप्परकाे लाेड क्षमता मापन गर्न स्थानीय सरकारले चासाे दिनुपर्ने बताउनुभयो । कपुरकाेटका स्थानीय व्यवसायी रूद्रप्रसाद शर्मा जर्मनीले जर्मनी सडककाे धुलाे र हिलाे भान्सासम्म पुग्ने गरेकाे बताउनुभयो । उहाँको तत्काल समाधान हुन नसके टिप्पर बन्द गर्ने चेतावनी समेत दिनुभयो ।त्यस अवसरमा सहभागी सराेकारवालाले कपुरकाेट गाउँपालिका र सिमेन्ट उद्योगबिच दुई वर्षअघि भएको ८ बुँदे सम्झाैता कार्यान्वयनमा जाेड दिएका छन् । नेपाली कांग्रेस कपुरकाेट गाउँपालिका सभापति यकराज वलीले सम्झाैता पूर्णरूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका प्रतिनिधि मधुसूदन गिरीले सिमेन्ट उद्योगले गरेकाे सम्झाैता कार्यान्वयनमा पालिकाले चासाे दिनुपर्ने बताउनुभयो ।नेकपा माओवादी कपुरकाेटका पवन कार्कीले सिमेन्ट उद्योगसंग भएकाे सम्झाैता कार्यान्वयन नहुनुमा नेतृत्वप्रति शंका उपशंका आएकाले नेतृत्व जवाफ दिनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमाेर्चा कपुरकाेट गाउँपालिका अध्यक्ष तुलसीराम याेगीले नागरिकले टिप्परकाे सास्ती कहिलेसम्म बेहाेर्नुपर्ने बताउनुभयो । उहाँले सिमेन्ट उद्योगले सम्झौता कार्यान्वयन नगर्नु दुखद रहेको बताउनुभयो । घाेराही सिमेन्ट उद्योगका अमर सुवेदीले कसैलाई पनि आर्थिक प्रलोभनमा नपारेकाे बताउनुभयो । उहाँले प्रहरी र गाउँपालिका नेतृत्व कसैलाई आर्थिक रकम नदिएकाे दावि गर्नुभयो । यस्तै राेल्पा सिमेन्ट उद्योगका अर्जुन वलीले गाउँपालिकासंग भएको सम्झाैता कार्यान्वयन हुने विश्वास्त रहन आग्रह गर्नुभयो । उहाँले कहिलेसम्म उद्योगले सम्झाैता कार्यान्वयन गर्ने प्रश्न पनि गर्नुभयो । कार्यक्रममा कपुरकाेट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सिमेन्ट उद्योगले सम्झौता कार्यान्वयन गर्न नसकेको बताउनुभयो । उहाँले घाेराही सिमेन्ट उद्योग र राेल्पा सिमेन्ट उद्योगले सडकको सुधार र सामाजिक उत्तरदायित्व अन्तरगत प्रतिवर्ष १०/१० लाख दिने सहमति कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले सिमेन्ट उद्योगले दुई वर्षमा गाउँपालिकाकाे खातामा ६ लाख मात्रै जम्मा गरेको बताउनुभयो । उहाँले सम्झौता पूर्णरूपमा कार्यान्वयनमा आउने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले सिमेन्ट उद्योगसंग भएको सम्झौता कार्यान्वयनमा नआउनुमा आर्थिक लेनदेन भएको भनेर शंका उपशंका नगर्न आग्रह गर्नुभयो । उहाँले सिमेन्ट उद्योगकाे टिप्परका कारण नागरिकले सास्ती पाउनुपर्ने अवस्थाकाे अन्त्य गर्न पालिकाले आवश्यक पहल गरिरहेकाे बताउनुभयो ।


