



थर्काेट समाचारदाता
दाङ, २३ साउन ।
तुलसीपुरको उरहरीमा स्कुटर दुर्घटना भएको छ । तुलसीपुरमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर–१२ का ४३ वर्षीय स्कुटर चालक ईश्वरी केसी र तुलसीपुर–११ का ६१ वर्षीया पैदलयात्री सिवा देवकोटा घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको हाे । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक रानाका अनुसार केसीको टाउको र मुखमा गहिरो चोट लागेको छ । यस्तै देवकोटाको टाउको, नाक र मुखमा चोट लागेको छ । दुवै जनाको अवस्था मध्यम रहेको छ । सितलपुरबाट उरहरीतर्फ जाँदै गरेको रा ५ प ८०७० नम्बरको स्कुटरले पैदलयात्रीलाई तुलसीपुर उपमहानगरपालिका–११, उरहरीचोक नजिक ठक्कर दिएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
