काठमाडौँ, १९ भदौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Byदोर्ण के.सी.
१९ भाद्र २०८१, बुधबार ०२:११ १९ भाद्र २०८१, बुधबार ०२:११ १९ भाद्र २०८१, बुधबार ०२:११
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
बालबालिकाको समग्र विकासमा स्थानीय सरकारको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न
२७ भाद्र २०८३, शनिबार १६:२९ २७ भाद्र २०८३, शनिबार १६:२९ २७ भाद्र २०८३, शनिबार १६:२९
दोर्ण के.सी.
नेसनल प्याब्सन दाङको तीज विशेष नृत्य प्रतियोगिता तुलसीपुरमा सम्पन्न । छमछमी नाचे विद्यार्थीहरु
२४ भाद्र २०८३, बुधबार १८:२५ २४ भाद्र २०८३, बुधबार १८:२५ २४ भाद्र २०८३, बुधबार १८:२५
दोर्ण के.सी.
नयाँ बसपार्कका होटलबाट अवैध मदिरा बरामद, प्रहरीद्वारा नष्ट
१३ भाद्र २०८३, शनिबार ११:१५ १३ भाद्र २०८३, शनिबार ११:१५ १३ भाद्र २०८३, शनिबार ११:१५
दोर्ण के.सी.
