दोर्ण के.सी.
तुलसीपुर, १८ भदौ ।
विकास निर्माणको विषयलाई लिएर तुलसीपुर– ६ का वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की आएको छ । तुलसीपुर उपमहानगरपालिका –६ को वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले आफु र वडा सदस्य यमराज केसीलाई भारतीय नम्बरबाट बारम्बार ज्यान मार्ने धम्की आएको पत्रकार सम्मेलन मार्फत बताउनुभएको थियो । गौरवको आयोजना अन्तर्गत तुलसीपुरको तरकारी बजारदेखि गाइडहर हुँदै बनकट्टी जोड्ने मदन आश्रित सडक निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर तुलसीपुर उपमहानगरपालिका –६ निवासी इलिजा ९डाँगी० वली र निजका श्रीमान जागेश्वर वलीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भन्नुभएको थियो ।

पत्रकार सम्मेलन
सडक कालोपत्रे गर्नका लागि अतिक्रमित संरचना हटाउने क्रममा वली दम्पतीको घरको पर्खाल भत्काएपछि उनले भारतीय आपराधिक गिरोह प्रयोग गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । साउन २९ गते डोजर लिएर गएका ३ सय उपभोक्ताले बाटोमा वलीको पर्खाल भत्काएपछि साउन ३० गते बिहान देखि बारम्बार वडा सदस्य यमराज केसीलाई भारतीय ९१९०२८०१९९८१ लगायतका विभिन्न नम्बरबाट अध्यक्ष र सदस्यलाई गोलीले उडाउने, सुट गर्ने भन्दै छाडा रुपमा गालीगलौज गर्ने गरेका कारण परिवार समेत आतङ्कित र त्रसीत भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।
प्रहरीले चासो नदिएको गुनासो
पत्रकार सम्मेलनमा विकास निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर जनप्रतिनिधिलाई खुलेआम निरन्तर रुपमा ज्यान मार्ने धम्की आइरहँदा प्रहरी मौन बस्नुलाई गम्भिर आशङ्काको रुपमा लिएको, ६ नम्बार वडा कार्यालयले बताएको छ । आफूहरूको ज्यानको सुरक्षा सहित आपराधिक समूहसँग वली दम्पतीले गरेको कुराकानी, त्यसको अडियो, भिडियो, एसएमएस र फोननम्बर लगायतका प्रमाण जुटाएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा भदौ २ गते र जिल्ला प्रहरी कार्यालय घोराहीमा भदौ ७ गते निवेदन पेश गर्दा पनि प्रहरीले अभियुक्तलाई बोलाएर सामान्य छलफल समेत नगर्नुले प्रहरी कसैको दबाब वा आर्थिक प्रभावमा छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । जनप्रतिनिधिको यो अवस्था छ भने सामान्य जनताले के सहजै न्याय पाएका होलान् रु आज प्रहरी प्रति गम्भिर आशङ्का पैदा भएको छ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भन्नुभएको थियो ।
के भन्छ प्रहरी र

यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोख्रेलले साइबर क्राइमको मुद्दा हाल्न आफुले सुझाव दिएको बताउनुहुन्छ । धम्की दिने व्यक्तिले टेलिफोन, ह्वाट्सएप र एसएम मार्फत वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की दिएकाले जसले धम्की दिएको छ, उसैको नाममा साइरबर क्राइम मुद्दा हाल्न सुझाव दिएको डीएसपी पोख्रेलले बताउनुभयो । ज्यान मार्ने धम्की दिने समूहसँग वली दम्पतीको सिधा कनेक्सन रहेको प्रमाण सहित उजुरी दिँदा समेत तपाईँहरू किन पछि हटनु भएको भन्ने प्रश्नमा डीएसपी पोख्रेलले उपमहानगरले आफै न्यायिक समितिमा ल्याएर पनि छलफल गर्न सक्ने जवाफ दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले आफुहरुले बोलाए पनि वली दम्पित अदालतमा गका छौ भन्दै अनाकानी गरेकाले केहि ढिला भएको बताउनुभयो । यद्यपी हिजो पुनः जनप्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालयमा आएपछि सिडियोको रोहबरमा आवश्यक कारबाहीका लागि तुलसीपुर प्रहरीलाई भनेको एसपी केसीले बताउनुभयो ।
प्रहरी किन लामो बाटो सिकाउँछ स् नगर प्रवक्ता वली
तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले प्रहरीले छोटो बाटो छोडेर किन लामो बाटो सिकाउँछ भन्नेमा आफुहरु आश्चार्य चकितमा परेको बताउनुभयो । ‘घटनासंग जोडिएका मुख्य व्यक्ती घरको ढोकामा छन, तर भारतमा रहेका मान्छेलाई मुद्दा हाल भनेर प्रहरी किन लामो बाटो सिकाउँ छ रु यो खोजिको विषय हो, नगर प्रवक्ता वलीले भन्नुभयो, ‘विवाद जहाँबाट सृजना भएको हो, त्यही व्यक्तीलाई बोलाएर प्रहरीले छलफल गर्ने हो भने सजिलै टुङ्गो लाग्छ तर प्रहरी यो पक्षमा छैन ।’
