दोर्ण के.सी.
तुलसीपुर १४ फागुन
अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि चुनावी मैदानमा दुई प्यानल उत्रिएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको लोकतान्त्रिक प्यानलबाट शिवहरी भण्डारी र स्वतन्त्र प्यानलबाट नर बहादुर घर्ती (नरेश) ले नेतृत्व गर्नु भएको संस्थाका सचिव दोर्ण आचार्यले जानकारी दिनुभएको छ । दुबै टोली यतिबेला चुनावी मैदानमा उत्रिएका छन । त्यसैगरी लोकतान्त्रिक प्यानलबाट उपाध्यक्षमा आशाराम भण्डारी, सचिवमा द्रोण आचार्य, सहसचिवमा सृजना शाही, सदस्यमा डिल्ली बहादुर भण्डारी, बुद्धिराज गिरी, सुशीला कवँर र राधा बस्नेत हुनुहुन्छ । त्यस्तै स्वतन्त्र प्यानलबाट भूपबहादुर डाँगी (भुपेन्द्र) सचिवमा सुधा वली, सहसचिवमा रमिता चौधरी, सदस्यमा कुलराज चौधरी र जैकला वली, चुनावी मैदानमा होमिनु भएको छ । कोषाध्यक्ष पदमा भने यस अघि होमबहादुर डाँगी निर्विरोध निर्वाचित भइसक्नु भएको छ । उम्मेदवारहरू चुनावी माहोल आफ्नो पक्षमा पार्न मङ्गलबारदेखि प्रचार प्रसारमा जुटेका छन् भने माइकिङ, घोषणापत्र सहित उपभोक्ताको घर–घरमा पुगेर भोट मागिरहेका छन् । काँग्रेस एमालेको संयुक्त टिमबाट अध्यक्ष पदका उम्मेदवार शिवहरी भण्डारीले आफ्नो पालामा गर्न बाँकी रहेका खानेपानीका अधुरा योजनाहरुलाई पुरा र खानेपानीलाई थप व्यवस्थित गर्नका लागि पुनः अध्यक्ष पदमा दोहोरिन खोजेको प्रतिकृया दिनु भएको छ । त्यसैगरी स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका उम्मेदवार नरबहादुर घर्ती नरेशले हरेक सामुदायिक संस्थामा युवाको नेतृत्व विकास गर्न र खानेपानीको सङ्कटबाट मुक्त हुन नसकेका बुटनियाँ र बटोलपुर गाउँका जनतालाई सहज रुपमा पानी उपलब्ध गराउन आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । खानेपानीको चुनाव फागुन १७ गते अश्वारा स्कलुमा तोकिएको छ । मतदान बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । ६ सय १५ धारा सङ्ख्या रहेको अश्वारा खानेपानीको ९ सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds