थर्कोट समाचारदाता
तुलसीपुर, १५ फागुन ।
अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको स्वतन्त्र प्यानलले प्रचार प्रसारको अन्तिम दिन आज र्‍याली निकालेको हो । चुनाव नजिकिदै गर्दा माहोल आफ्नो पक्षमा पार्न स्वतन्त्र प्यानलले बुटनियाँबाट सुरु गरेको र्‍याली मालभुङ हुँदै अश्वारा गाउँको परिक्रमा गरेको थियो । र्‍यालीमा मोटरसाइकल, पिकअप जिप र अटो प्रयोग गरिएको थियो ।स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका लागि नर बहादुर घर्ती (नरेशं) उपाध्यक्षमा भूपबहादुर डाँगी (भुपेन्द्र) सचिवमा सुधा वली, सहसचिवमा रमिता चौधरी, सदस्यमा कुलराज चौधरी र जैकला वली, चुनावी मैदानमा उत्रिनु भएको छ । यसैबिच अश्वारा खानेपानीको नेतृत्वकालागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारहरू चुनावी माहोल आफ्नो पक्षमा पार्न मङ्गलबारदेखि प्रचार प्रसारमा जुटेका हुन् । नयाँ नेतृत्व चयनका लागि फागुन १७ गते अश्वारा स्कलमा मतदान हुँदै छ । मतदानको समय बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । नयाँ नेतृत्वका लागि ५७४ जनाले मतदान गर्दैछन्अ श्वारा खानेपानीको नयाँ नेतृत्वका लागि दुई प्यानल उत्रिएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको लोकतान्त्रिक प्यानलबाट शिवहरी भण्डारी र स्वतन्त्र प्यानलबाट नर बहादुर घर्ती (नरेश) ले नेतृत्व गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds