



थर्कोट समाचारदाता
तुलसीपुर, १२ अश्वारा ।
धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालीग्राम स्थापनार्थ श्रीमद्भागवत् ज्ञान महायज्ञ संचालन गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा बसेको नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले श्रीमद्भागवत् ज्ञान महायज्ञलाई व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि योगेन्द्र बहादुर शाह दिपकको अध्यक्षतामा ७ सदस्य सचिवालय समिति गठन गरेको छ । जसको जसको पदेन सचिवमा ओपेन्द्र बस्नेत, सदस्यहरुमा झग्गु प्रसाद शाहु, शेषमणी शर्मा, टेकनाथ कवर, शुरमा बस्नेत, आशा बुढाथोकी रहेकाछन् । समितिका अध्यक्ष झग्गु प्रसाद साहुको अध्यक्षतामा बसेको बैठकले मंसिर २५ गते देखि ज्ञान महायज्ञ संचालन गर्ने निर्णय गरेको सचिव वासुदेव भुसालले जानकारी दिएकाछन्।

