अल बिदा भेलु बाजे

Byदोर्ण के.सी.

२० बैशाख २०८१, बिहीबार १७:४७ २० बैशाख २०८१, बिहीबार १७:४७ २० बैशाख २०८१, बिहीबार १७:४७

दाङ, २० वैशाख । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर भेलुबाजेको निधन भएको छ । प्यूठानको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा आज साँझ ७ः४० बजे निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले जानकारी दिनुभयो । प्यूठान नगरपालिका–५ जुम्रिकाँडा निवासी भेलुबाजेलाई उपचारका लागि दिउँसो साढे १ बजे अस्पतालमा ल्याई पु¥याएको थियो । उहाँ आउँदा ‘स्वासप्रस्वासमा समस्या थियो ।रिंगाटा पनि लाग्ने गरेको थियो । अलकोहल (रक्सि) पनि बढी पिएको देखियो । त्यसमा एक्सप्रेसन निमोनिया पनि देखियो । अस्पतालमा आईसियू पनि थिएन । समग्रमा भन्दा निमोनियाकै कारण उहाँको मृत्यु भयो ।’ डा। खनालले भन्नुभयो । भेलुबाजेकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो । ठट्यौली पारामा पख्नोस तो पख्नोस तो, हामीले पनि त्यसरी अनुरोध गरेछ्म केरोटो भन्ने थेगो र गोयल नृत्यले टिकटक र युट्युवमा भेलुबाजे निकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँका यीनै थेगो र नृत्यलाई हजारौले टिकटकमा अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds