अलबिदा बालगायक सचिन परियार

Byदोर्ण के.सी.

१८ पुष २०८१, बिहीबार १५:३६ १८ पुष २०८१, बिहीबार १५:३६ १८ पुष २०८१, बिहीबार १५:३६

थर्कोट समाचारदाता
काठमाडौं,१८ पुस ।
बालगायक सचिन परियारको आज बिहान निधन भएको छ । महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले उनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा निधन भएको भएको अस्पताल प्रशासनले बताएको छ । भाइरल बाल गायकका रूपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds