थर्कोट समाचारदाता
तुलसीपुर, १८ पौष ।
दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–५ निवासी ७० बर्षीय टेक बहादुर गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभएको हो । उहाँका अनुसार तुलसीपुरको बिरेन्द्र चोकबाट बसपार्कतर्फ जादै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले विपि चोक नजिकै पैदल हिडिरहेका गिरीलाई आज बिहान पौने १० बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका गिरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम रिफर गरिएकोमा उपचारकै क्रममा उनको आज दिउँसो साढे १ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताउनुभएको थियो । ठक्कर दिने ट्रक सहित चालक घोराही उपमहानगरपालिका–१४ का ४५ बर्षीय प्रेम बहादुर सुनारलाई नियन्ञणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds