










दोर्ण के.सी.
तुलसीपुर, १४ पुष ।
अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको आठौ वार्षिक साधरणसभा दाङको तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकनाथ कँवरको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा सचिव भुपबहादुर केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोमबहादुर रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक साधरणसभामा संचार माध्यमको तर्फबाट महत्वपूर्ण योगदा पु¥याएको भन्दै रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सृजना महिला सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट रमिता चौधरी र मायालु सामुदायिक वन समूहको तर्फबाट भावना चौधरीलाई पनि सम्मान गरिएको थियो । साधारणसभमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका सहकारी शाखा प्रमुख ललित घर्ती, तुलसीपुर उपमहानगरपालिका–८ का वडा सदस्य तुल प्रसाद खरेल, सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरका सचिव रक्षा काफले, महालक्ष्मी सामुदायिक वन समूहका अध्यक्ष डिल्लीराज भण्डारी, भट्टे कृषि सहकारीका अध्यक्ष कर्णबहादुर वली, पूर्व वडा अध्यक्ष लिलाधर खरेल, सहकारीका उपाध्यक्ष मुक्ती प्रसाद न्यौपोन, शेयर सदस्य कान्त प्रसाद खरेल लगायतले बोल्नु भएको थियो ।



