अनु चौधरी र गोपाल नेपाल जिएमको  प्रस्तुति

Byदोर्ण के.सी.

१५ फाल्गुन २०८१, बिहीबार १७:१८ १५ फाल्गुन २०८१, बिहीबार १७:१८ १५ फाल्गुन २०८१, बिहीबार १७:१८

थर्काेट समाचारदाता
दाङ, १५ फागुन ।
तुलसीपुर महोत्सवमा आज १५ औँ दिन पनि महाेत्सवकाे राैनक बढेकाे थियाे । आज महाेत्सवमा चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारहरुकाे उपस्थिति रहेकाे थियाे । कलाकारहरुकाे प्रस्तुतिसँगै दर्शकहरु रमाएका थिए। दर्शकको खचाखच उपस्थितिमा कलाहरूले प्रस्तुति दिँदा माहोल निकै उत्साहजनक बनेको थियो । गायिका चौधरीले ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित प्रस्तुत गर्दा महोल निकै रोमाञ्चक बनेको थियो । यस्तै चर्चित गायक जिएमले ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का भो’ लगायतका गित प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा आज पनि हिजाे भन्दा दर्शकको निकै उत्साहजनक सहभागीता रहेको थियो । भोलि पनि चर्चित गायक कृष्ण रेउले लगायतका कलाकार आउने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभएकाे छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय वस्तुको बजारीकरण र कला संस्कृतिको संरक्षणमा महोत्सवले ठुलो भूमिका खेलिरहेको बताउनुभएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds