


तुलसीपुर,३० जेठ । तुलसीपुरमा अत्यधिक गर्मीको कारण दुई दिन विद्यालय बन्द हुने भएको छ । विद्यार्थी बेहोस हुन थालेपछि तुलसीपुर उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते विदा दिने गर्ने निर्णय गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले जानकारी दिनुभएको छ । केही दिन यता दाङमा अत्यधिक गर्मी बढेको छ ।
