अटोको ठक्करबाट चार पैदल यात्री घाईते

Byदोर्ण के.सी.

२८ मंसिर २०८०, बिहीबार १७:२९ २८ मंसिर २०८०, बिहीबार १७:२९ २८ मंसिर २०८०, बिहीबार १७:२९

दाङ, २८ मंसिर । दाङमा अटोले पैदल यात्रीलाई ठक्कर दिँदा चार जना घाईते भएका छन् । हापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ह २७५८ नम्बरको अटोले घोराही-१३ भाईरल रोडमा पैदल यात्रीलाई ठक्कर दिँदा चार जना घाईते भएका हुन् ।पैदलयात्रीलाई ठक्कर दिएपछि अटो पल्टीदा अटो चालक रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्क बस्ने बर्ष ३५ का गोपाल बिक, अटोमा सवार रोल्पाको रुन्टीगढी गाउँपालिका २ बस्ने बर्ष ५० का अवशुल बिक घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।यस्तै अटोको ठक्करबाट घोराही-१२ हापुर बस्ने बर्ष ३२ का सुस्मिता बुढाथोकी, सोही ठाउँका २५ वर्षिय तारा घर्तीमगर घाइते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये तीन जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने एक जना सुस्मिता बुढाथोकीलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds