



दाेर्ण के.सी.
तुलसीपुर -१८ दमारगाउ
तुलसीपुर उपमहानगरपालिका -३ डाँडाखुट्टी स्थित जाेगिडाँडाकाे बस्तीमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका नवराज शाहीकाे नेतृत्वमा आएकाे टाेलिले जग्गा बेच्ने र किन्ने व्यक्तिहरु बिच सरस्वती माध्यमिक विद्यालय तुलसीपुर -३ दमारगाउमा छलफल गरेकाेछ। छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका नवराज शाहीकाे नेतृत्वमा आएकाे टाेलिले जग्गा बेच्नेमा रहेका व्यक्तिहरु सरस्वती माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक वसन्त प्रसाद न्युपाने र विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बालाराम गाैतम र ज्ग्गा किन्ने व्यक्तिहरु चक्र बहादुर खड्का, गाेविन्द सेरपाईली, भरत भण्डारी लगायतकाे टाेलीसँग बसेर छलफल गरेकाे थियाे । साे छलफल कार्यक्रममा विद्यालयका पुर्व समितिहरु भल बहादुर केसी, लिलाधर खरेल, झुपलाल वली, मंगल बिक, आमन्त्रित अतिथि नमुना महिला सामुदायिक वन उपभोक्ता समूह-३ दमारगाउका अध्यक्ष हुम बहादुर बिक, लगायतको सहभागीता रहेकाे थियाे । साे छलफल कार्यक्रममा जग्गा निज व्यक्तिले लगाउन नपाउने, साे जग्गा कुनै संघसंस्था, क्लव, संस्थाका नाममा राख्ने सल्लाह दिदै जग्गा किन्ने मानिसले निवेदन लेख्न नजान्ने भएपछि निज व्यक्तिलाई साक्षी राखी उनीहरुकाे निवेदन अरुलाई लेख्न लगाएका थिए । साे बस्तीको पुरा समाचार केही समय पछि tharkot.com मा आउँदैछ । प्रतिक्षामा बस्नुहाेला ।
