अख्तियारले मार्यो विमानस्थल निर्माण आयोजनामा छापा

Byदोर्ण के.सी.

१३ कार्तिक २०८०, सोमबार १४:२७ १३ कार्तिक २०८०, सोमबार १४:२७ १३ कार्तिक २०८०, सोमबार १४:२७

कास्की, १३ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिक सहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो । विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटा भन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ । विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको पुष्टि गरेका थिए । उनले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको जनवरीमा उद्घाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौताअनुसारको काम सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds