तुलसीपुर खानेपानी प्रबिधिमैत्री बन्दै

Byदोर्ण के.सी.

१५ आश्विन २०८०, सोमबार १२:४६ १५ आश्विन २०८०, सोमबार १२:४६ १५ आश्विन २०८०, सोमबार १२:४६

दाङ, १५ असोज ।
तुलसीपुर खानेपानी विस्तारै प्रविधिमैंत्री बन्ने भएको छ । एनएमबि बैंक तुलसीपुर शाखाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई प्रविधिको सामाग्री सहयोग गरेपछि खानेपानी संस्था प्रविधिमैत्री बन्ने भएको हो । खानेपानी संस्थालाई प्रविधिसंग जोडन र सेवालाई चुस्त दुरुस्त बनाउनको लागि एकरएक थान ल्याप्टप र प्रिन्टर सहयोग उपलब्ध गराएको एनएमबि बैंक तुलसीपुर शाखाका प्रमुख रमेश रेग्मीले जानकारी दिएका थिए । पछिल्लो समय प्रविधिले सेवामा सहजता थपेको भन्दै छिटो छरितो काम गर्नको लागि खानेपानी संस्थालाई १ लाख मूल्य बराबरको ल्याप्टप र प्रिन्टरसहयोग गरेको उनको भनाई रहेको छ । प्रविधिले सजिलो मात्र नभएर क्षमता अभिवृद्धिमा पनि सहयोग पुग्ने प्रमुख रेग्मीले बताएका थिए । एनएमबि बैंकले बिगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकलाई प्रत्यक्ष सहयोग पुग्ने गरि काम गर्दै आएको छ । बैंक अफ द एयर २०१७, २०१८, २०२०, २०२१ र बैंक अफ द एयर यसिया २०२१ बाट सम्मानित यो बैंकले सामाजिक काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds