सल्यान १५ असोज
बाघको आक्रमणबाट सल्यानमा चार जना घाइते भएका छन् । सोमबार विहान बाघले आक्रमण गर्दा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ३ का ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । छत्रेश्वरी गाउँपालिका वडा नं.३ दोलीका ५२ वर्षिय पुर्णराज बिकले संचालन गरेको कुखुरा फार्म भित्र लुकेर बसेको बाघले आक्रमण गरेको हो । बाघको आक्रमणमा परि सोही ठाउँका ४० वर्षिया राजबहादुर केसी,४० वर्षिया टेकबहादुर थापा,१६ वर्षिया छविलाल केसी र २७ वर्षिया भिमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिएकाछन् । बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको उनले बताएकाछन्।कुखुरा फर्ममा लुकेर बसेको बाघले राजबहादुर केसी लाई आक्रमण गरेको र अन्य तिनजनालाई भने सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो । घाइतेहरुलाई थप उपचारका लागि सल्यान अस्पतालमा पुर्याइएको छ भने,बाघको व्यवस्थापनको लागि इलाका बन कार्यालय लुहामको टोली घटना स्थलमा पुगिसकेको र बाके राष्ट्रिय निकुञ्जको टोली त्यस स्थान तर्फ गईसकेको प्रहरीको भनाई छ ।

