डेंगी सङ्क्रमणले लियो रोल्पाका एक जनाको जयान

Byदोर्ण के.सी.

१५ आश्विन २०८०, सोमबार १२:३१ १५ आश्विन २०८०, सोमबार १२:३१ १५ आश्विन २०८०, सोमबार १२:३१

दाङ, १५ असोज ।
दाङमा डेंगी सङ्क्रमणले एक जनाको मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रोल्पाको माडी गाउँपालिका(२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिएकाछन् । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि लगिएको थियो । उनकोे उपचारकै क्रममा असोज १५ गते सोमबार बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ रहेको छ । डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds