
दाेर्ण के.सी.
तुलसीपुर ०९ कार्तिक
तुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय) ले अबकाे समय भनेकाे गिता, रामायणमा हाेईन जीवन पर्मेश्वरकाे बचनमा छ त्यसैले सम्पूर्ण मानिसहरुले पर्मेश्वरकाे बचनमा तन, मन र हृदय लगाउनु पर्ने कुरामा जाेड दिनुभएको थियाे । उहाँले भन्नुभयाे मेराे विचारमा गिता, रामायण र संविधान अध्ययन गरेता पनि ठुलाे बाईबल भएकाेले मैले मेराे वडा कार्यालयमा

संविधानकाे मस्याैदा भन्दा माथि बाईबललाई राख्ने गरेकाे छु भनेर शुभकामना मन्तव्य दिदै बताउनुभएको थियाे । उहाँले म आफै दलित समुदायकाे भएकाेले रामायण र गितामा जातभातकाे विषयलाई लिएर त सानाे, त ठुलाे भनिएकाे पाईयाे तर पर्मेश्वरकाे वचन बाईबलमा सबैलाई सम्मान गरेकाे पाईएकाेले कहिलेकाही मलाइ थकान तथा चिन्ता लागेकाे बेलामा कार्यालयमै बसेर बाईबललाई पढ्ने गर्दछु त्यसैले सबैले बाईबल अनिवार्य पढ्नुपर्ने बताउनुभएको थियाे । उहाँले भन्नुभयाे मैले रामायण र गिताकाे किताब अध्य यन सँगसँगै बाईबल प्रतिधेरै रुचि भएकाेले तुलसीपुर

उपमहानगरपालिकाबाट समाधी स्न्दाथलकाे लागि जग्गा किन्नलाई पाँच लाख रुपैया बिनियाेजन गरेकाे बताउनुभएको थियाे । साथै तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण विश्वासीहरुका लागि समाधी स्थलकाे लागि पहल गर्ने बताउनुभएको थियाे । साथै मैले पर्मेश्वरकाे वचन बाईबल प्रति धेरै चासाे राख्ने भएको कारणले गर्दा यहाँका

विश्वासीहरुलाई सहज हाेस भन्ने उदेश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -३ मा रहेकाे दमारगाउँ चर्चलाई दर्ता प्रक्रियाका लागि दमारगाउँ चर्चका पास्टर टाेप बहादुर महतरासँगै जिल्ला प्रशासन कार्यालय दाङमा पुगी दर्ता प्रक्रियाकाे लागि भुमिका खेल्ने म पहिलाे वडा अध्यक्ष हाे भनेर बताउनुभएको थियाे । उहाँले भन्नुभयाे परर्मेश्वरकाे वचनमा जिवनछ, मुक्ति छ, पर्मेश्वरकाे वचन नै जिवनकाे बाटाे हाे । जसले पर्मेश्वरकाे वचन पालन गर्दछ त्यसकाे आयु लामाे हुन्छ त्यहि भएर मैले पनि रामायण, गिता र संवधानकाे पुस्भतक भन्दा पहिलाे प्राथमिकता पर्मेश्वरकाे वचनलाई दिएकाेछु भन्नुभएकाे थियाे । दमारगाउँ चर्चले तुलसीपुर -३ दमारगाउँमा आईतवार आयाेजना गरेकाे बृहत सु-समाचारिय तथा चङ्गाई सभालाई सम्बाेधन गर्दै उहाँले पर्मेश्वरकाे

मण्डलीकाे लागि ५ लाखमा जग्गा तयार बनाईएकाे र जग्गाकाे विषयमा प्रक्रिया परिमार्जन गर्न बाँकी रहेकाे कुरा बताउनुभएको थियाे भने यहि विषयमा वश्वास मानेर ५० भन्दा बढि मानिसहरुले प्भरभु यशुलाई विश्न्नुवास गर्नुभएकाे पनि बताउनुभएको थियाे । उहाँ भन्नुहुन्छ विश्वासीहरुकाे समाधी स्थलका लागि तुलसीपुर उपमहानगरपालिकाबाट प्रक्रिया मिलाएर ल्याएमा साे कार्यका लागि पहल गरिने बताउनुभएको थियाे । उहाँले यसका लागि सम्पूर्ण विश्वासीहरु एकजुट भएर लाग्नुपर्ने र जग्गालाई समाधीकाे रुपमा मात्र नभएर त्यसैमा पार्क पनि निर्माण गर्नुपर्ने बताउनुभएको थियाे । दमारगाउँ चर्चले तुलसीपुर -३ दमारगाउँमा आयाेजना गरेकाे बृहत सु-समाचारिय तथा चङ्गाई सभा कार्यक्रममा विश्वासी तथा अन्य मानिसहरु गरि २ हजार जनाकाे उपस्थिति रहेकाे थियाे ।

दमारगाउँ चर्चका पास्टर टाेप बहादुर महतराकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा अध्यक्ष वीर बहादुर बिक (बिजय)काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । साे कार्यक्रमलाई ड. प्रकाश साहु, पास्टर दानियल तिरुवा, पास्टर बाेनिय तामाङले सम्बाेधन गर्नुभएको थियाे । सभामा ड. प्रकाश साहु, पास्टर दानियल तिरुवा, पास्टर बाेनिय तामाङले पर्मेश्वरकाे वचन प्रचार, चङ्गाईसँगै मानसिक राेगी, कुष्ठ राेगी, विभिन्न समस्यामा परेका राेगीहरुकाे प्रार्थना तथा चङ्गाई गर्नुभएकाे थियाे । साे कार्यक्रममा ड. प्रकाश साहु, पास्टर दानियल तिरुवा, पास्टर बाेनिय तामाङ, पास्ङर जीवन गुरुङ, पास्टर जिएल नेपाली,

गंगाराम डाँगी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे । साे कार्यक्रममा आध्यात्मिक स्वास्थ्य शिविर पनि भएको थियाे शिविरमा पास्टर तथा ड. प्रकाश साहुले प्रभु यशुका नाममा आध्यात्मिक वचन तथा चङ्गाई दिनुभएको थियाे । दमारगाउँ चर्चले तुलसीपुर -३ दमारगाउँमा आयाेजना गरेकाे बृहत सु-समाचारिय तथा चङ्गाई सभा कार्यक्रमकाे सुरक्षा तथा प्रशासनकाे जिम्मा सिलाेआम मण्डलीका पास्टर मनाेज बस्नेतले गर्नुभएकाे थियाे । पास्टर नवराज डाँगीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सभाकाे सहजिकरण पास्टर दिलीप ताम्राकारले गर्नुभएको थियाे ।

