थर्कोट समाचारदाता
तुलसीपुर, ४ साउन ।
बिजौरी स्थित पाउरोटी उद्योगमा तातो तेलमा जलेर एक युवती घाइते भएकीछिन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी स्थित ममता पाउरोटी उद्योगमा काम गर्ने क्रममा ति किशोरी तातो तेलमा जलेर घाइते भएकी हुन । यसरी घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी पेसलराम सुनारकी १७ वर्षीया छोरी सृजना सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो । आईतबार साँझ करिब ५ बजे काम गर्ने क्रममा तातो तेलको कराई हातबाट छुटेर खसेपछि खुट्टा र ढाडमा जलेको छ । घाइते युवतिको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी चौकी विजौरीबाट प्रहरी नायब निरीक्षक भरत वलीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
