कोशी प्रदेशले पायो सरकार विस्तार पुर्णता

Byदोर्ण के.सी.

८ आश्विन २०८०, सोमबार १४:४२ ८ आश्विन २०८०, सोमबार १४:४२ ८ आश्विन २०८०, सोमबार १४:४२

थर्कोट समाचारदाता
काठमाण्डौ,८ असोज ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार पुर्णता दिएकाछन्। मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै सो पुर्णता दिएका हुन् । सोमवार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र लीलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका हुन् । यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएकाछन्। यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थिए । अब कोशी प्रदेशको मन्त्रिपरिषद् ३ राज्यमन्त्री सहित ९ सदस्यीय भएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश प्रमुख कार्यालयमा शपथ लिएका थिए । सर्वोच्च अदालतको परमादेश पछि भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कार्कीले आउँदो २० गतेभित्र विश्वासको मत लिई सक्नुपर्छ । एमालेलाई समर्थन गरेको राप्रपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा सहितको गठबन्धनले कार्की नेतृत्वको सरकारलाई साथ नदिने बताइसकेकोले कार्कीले विश्वासको मत पाउने सम्भावना निकै कम छ । कार्कीले विश्वासको मत नपाएमा आज नियुक्त भएका मन्त्रीले १२ दिन कार्यभार सम्हाल्न पाउने उजयालो अनलाइनमा खवर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds