थर्कोट समाचारदाता
सल्यान ,२१ मंसिर
,सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिका भित्रका स्नातकोत्तर तहमा थेसिस (सोधपत्र) लेख्ने विद्यार्थीलाई नगद रकम सहयोग गर्ने भएको छ। गाउँपालिका भित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्नका लागि पालिका भित्रकै विद्यार्थीले पालिका भित्रका कुनै पनि क्षेत्रसँग सम्बन्धित विषयमा थेसिस गरेमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। थेसिस सहयोग मार्फत स्थानीय अनुसन्धान र ज्ञानको विकासलाई अगाडि बढाउने उद्देश्य अनुरुप कार्यपालिका बैठकबाट यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए। ुछत्रेश्वरी गाउँपालिका भित्रकै कुनै पनि विद्यार्थीले मास्टर्स डिग्री गर्दा पालिकासंग सम्बन्धीत विषयमा सोधपत्र लेख्नका लागि प्रक्रिया अनुसार आवेदन दिएमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको हो’, उनले भने। गाउँपालिकाको यस कार्यक्रमले विद्यार्थीलाई आफ्नै समुदायको समस्या, सम्भावना, र समाधानका उपायबारे अनुसन्धान गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। सहयोगका लागि पालिकाभित्रका स्थायी बासिन्दा रहेका विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन्। उनीहरूले आफ्नो थेसिसको शीर्षक, उद्देश्य, र प्रस्तावना सहित गाउँपालिकामा आवेदन दिनुपनर्ने छ। छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राखेर स्थानीय युवा विद्यार्थीको क्षमतामा सानो भएपनि लगानी गर्ने निर्णय भएको बताए। ुहाम्रो समुदायको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ। उहाँहरुको सीप र ज्ञानलाई यहाँको आवश्यकता अनुरूप उपयोग गर्न यस कार्यक्रमले ठूलो भूमिका खेल्ने अपेक्षा गरेका छौं, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds