तिन सय बढीको निःशुल्क आँखा जाँच सम्पन्न

Byदोर्ण के.सी.

६ आश्विन २०८०, शनिबार १७:१५ ६ आश्विन २०८०, शनिबार १७:१५ ६ आश्विन २०८०, शनिबार १७:१५

तुलसीपुर, ६ असोज ।
४४ औं सामाजिक सेवा दिवसको अवसरमा सातकुलेमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ को आयोजना तथा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा सातकुलेमा भएको आँखा जाँच शिविर सम्पन्न भएको हो । सो शिवरिमा ३ सय १ जनाको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएका मध्य ८ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने रहेका छन् । उनीहरुलाई अस्पतालमा रिफर गरिएको नेत्र सहायक रोहित कठायतले जानकारी दिएका छन् । त्यस्तै १ सय ६७ जानलाई नजिकको चश्मा वितरण गरिएको थियो। नजिकको चश्मा लगाउनु पर्नेहरुलाई निःशुल्क चश्मा वितरण गरिएकाहो ।वडाध्यक्ष माधव वलीको अध्यक्षतमा भएको निःशुल्क आँखा जाँच शिविरमा बोल्दै वलीले सामाजिक सेवा दिवसको अवसर पारेर राप्ती आँखा अस्पतालको साझेदारीमा आँखा शिविर गरिएको भन्दै मोतियाविन्दुका विरामीलाई निःशुल्क शल्यक्रिया गरिने बताउनुभयो।

उनले सामाजिक सेवा दिवसको अवसर पारेर जनतालाई घरआगनमै सेवा दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए। त्यस्तै उनले पछिल्लो समयमा सामाजिक सेवा गर्ने व्यक्तिहरुको कमी देखिएको भन्दै भित्रै देखि सेवा गरि गर्नुपर्ने बताए । उनले आफुहरुले पनि विभिन्न सेवाहरु गरेको बताएका थिए। त्यस्तै कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले दिगो विकास राष्ट्रिय प्रतिवद्धता लक्ष्य प्राप्तीमा संघ संस्था भन्ने मुल नाराका साथ ४४ औं सामाजिक सेवा दिवस मनाउन सुरु भएको बताएका थिए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर(सरकारी सामाजिक संघ–संस्थालाई समाज कल्याण परिषद्ले असोज ५ र ६ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा दिवस मनाउन अनुरोध संगै संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि दिवस मनाउन सुरु गरेको र सोहि अन्तर्गत् नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले सेवा दिवसको अवसरमा विद्यालय आँखा जाँच कार्यक्रम, आधारभुक्त आँखा स्वास्थ्य शिक्षा, निःशुल्क चश्मा वितरण र विरामीहरुलाई फलफुल वितरण लगायतका कार्यक्रम आयोजना गरि दिवस मनाएको बताएका थिए । नेत्र सहायक शान्ता रेग्मीसहितको प्राविधिक टोलिले सेवा दिएको थियो । विरामीहरुलाई चश्मा र औषधी निःशुल्क उपलव्ध गराएको उनले जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण पत्रकार गिरीराज नेपालीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds