दोर्ण के.सी.
तुलसीपुर २२ असोज ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अबको ६ महिनाको अबधिमा बबई नदीबाट खानेपानी लिफ्टिङ गरि बजारमा ल्याउन सके त्यसबाट उपभोक्ता धेरै लाभान्बित हुने कुरामा जोड दिनुभएको थियो । सुकुमबासी र भूमीहिनहरुलाई राज्यले छुट दिदै आएको भन्दै खानेपानीले पनि बिषेश छुट दिनुपर्ने मेयर खड्काको धारणा रहेको थियो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले मंगलबार कार्यलयमा आयोजना गरेको दशैैं मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोहीपनि खानेपानीबाट बञ्चित हुन नहुने भन्दै अरुलाई धारा जडान शुल्क २५ हजार लाग्छ भने सुकुमबासी र भूमिहीनहरुलाई ५ हजार जतिमा जडान गर्ने ब्यबस्था मिलाउन समितिलाई आग्रह गर्नुभएको थियोे । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तिलक न्यौपानेले बबई

नदीको लिफ्टिङ प्रणाली तुलसीपुरको एउटा महंगो भएपनि बजार बासीलाई पानी खुवाउनका लागि त्यसको बिकल्न नरहेको बताउनुभएको थियो । तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दामोदर भण्डारी, नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमाले नगर कमिटी अध्यक्ष रुपबहादुर खत्री, नेकपा माओबादी केन्द्रका नगरकमिटी अध्यक्ष मोहन थापा, नेकपा क्रान्तिकारीका खुशिराम बुढाथोकी, राप्रपाका श्रीमणि न्यौंपाने, राष्ट्रिय जनमोर्चाका नगर सचिव उत्तम भण्डारी लगाएतले सर्वसुलभ रुपमा पानी बितरणमा ध्यान दिन आग्रह गरेका थिए । त्यस्तै गरि कार्यक्रममा तुलसीपुर – १८ का वडाध्यक्ष माधव वली, तुलसीपुर – ६ का अध्यक्ष दुजमान भण्डारी, नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अभ्यक्षतामा भएको कार्यक्रमको सहजिकरण खानेपानी कर्मचारी युनियनका अध्यक्ष सुशिल श्रेष्ठले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds