काठमाडौ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता भएकोे बताउनुभयो । वार्तामा शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु पनि सहभागी रहनुभएको थियो ।

