
दोर्ण के.सी.
तुलसीपुर १२ फाल्गुन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विद्यालयको वातावरण स्वच्छ सागसँगै गुणस्तरीय शिक्षा भएमा मात्र दक्ष जनशक्तिको उत्पादन हुनुका साथै देश विकासमा टेवा पाउने कुरामा जोड दिएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना माध्यमिक विद्यालयले शुक्रबार आयोजना गरेको ६९ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले विद्यालयको शिक्षा सुधारका कार्यक्रम, कृषि तथा भौतिक विकासमा बजेट बनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणि पोख्रेलको अध्यक्षता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी साथै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । गुरुजजुर नमुना माध्यमिक विद्यालयकी प्रधानाध्यापक बिष्णु कुमारी केसीले शिक्षाले धेरै कुराको ज्ञान बढाउने र शिक्षा मानिसको जिवनमा अति नै आवश्यक रहेकोले विद्यालय नै बालबालिकाहरूको पहिलो पाठशाला भएको बताउनु भएको थियो। गुरु जजुर माध्यमिक विद्यालयले ६९ औं वार्षिक उत्सव मनाउदै विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेको थियो । वार्षिक उत्सवमा विद्यालयले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको थियो । सो कार्यक्रममा गरिव तथा जेहेनदार, दलित लगायत विभिन्न विद्यार्थीहरुलाइ छात्रवृत्ती बितरण गरेको थियो । सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षकहरु लेवेन्द्र के सी र घनश्याम डाँगीले गर्नुभएको थियो ।

