तुलसीपुर,५ माघ । दाङमा बिहानै देखि कुहिरोसंगै चिसो बढेको छ । कतिपय स्थानमा हल्का सित समेत परेकाले चिसोको महसुस गरिएको हो । मौसममा आएको परिवर्तनका कारण घाम नलाग्दा चिसो बढेको जल तथा मौसम विभाग फिल्ड कार्यालय दाङले जनाएको छ । आजको न्युनतम तापक्रम ६ दशमलव ७ डिग्री सेल्सियस रहेको कार्यालयका प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो ।हिजोको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रि सेल्सीयस रहेको रिजाल बताउनुभयो । आज दिनभरको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने सम्भावना रहेको उहाँको भनाइ छ । तापक्रम घट्दै जान थालेपछि चिसो बढ्न थालेको हो । चिसो बढन थालेपछि जनजीवन प्रभावित हुन थालेको छ । विशेष गरेर बिहान र साँझ चिसो हुँदा काम विशेषले बाहिर जाने सर्वसाधारण तथा बालबालिका र जेष्ठ नागरिकहरू बढि प्रभावित हुने गरेका छन् ।
दाङमा शीतलहरले अत्याधिक चिसो
Byदोर्ण के.सी.
५ माघ २०८०, शुक्रबार १५:५० ५ माघ २०८०, शुक्रबार १५:५० ५ माघ २०८०, शुक्रबार १५:५०
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
प्रतापकोट आम्बासका १५० विद्यार्थीको हातमा शैक्षिक सामग्री, खुशीले हर्षित
१० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
