तुलसीपुर, १९ मंसिर ।
तुलसीपुरमा सामुदायिक कुकुरको बन्ध्याकरण गर्न शुरु गरिएको छ । ‘सामुदायिक कुकुर बन्ध्याकरण गरि रेविज रोग नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मंगलबारदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को प्राङ्गणमा कुकुरको बन्ध्याकरण गर्न सुरु भएको हो ।बन्ध्याकरण कार्यक्रम मंसीर २२ गतेसम्म संचालन हुने भएको छ । भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को समन्वय एवम् हिमालयन एनिमल रिस्युस ट्रस्टको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।समाजमा बढ्दै गईरहेको भुसिया कुकुरहरुको बिगबिगी र छाडा कुकुरहरुले मच्चाईरहेको आतङ्कलाई नियन्त्रण गर्न तुलसीपुर-१८ ले गत मंसीर ११ गते सरोकारवालाहरुसँग छलफल गरि काम अघि बढाएको हो । सोहि अनुरुप मंगलबार बिहान तुलसीपुर-१८ अन्तर्गत दुधरास, अक्कासी, सातकुले, मनिकापुर बाट ४५ वटा कुकुरहरु छोपी ति कुकुरहरुलाई रेविज बिरुद्धको खोप र उनिहरुको बन्ध्याकरण गरिएको हो ।

मंगलबार सामुदायिक कुकुर बन्ध्याकरण उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले समाजमा अहिले बौलाहा कुकुरहरुले आतङ्क मच्चाईरहेको र स्कुल हिड्दै गरेका, बाटो हिडदै गरेका मानीसहरुलाई टोकी उनिहरुलाई घाईते बनाएको जन गुनासो आईरहेकोले यसलाई नियन्त्रण गर्न जरुरी ठानेर वडा नं।१८ ले समन्वय गरेको कामको प्रसंसा गर्नुभयो । भेटनरी अस्पताल पशु सेवा बिज्ञ केन्द्रका प्रसासन शाखा प्रमुख शेर बहादुर केसी, पशु विकास अधिकृत प्रतिमा बिष्ट, हर्टका चेयर पर्सन खगेश्वर भट्टराई लगाएतले आफ्नो धारणा ब्यक्त गर्नुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रम तुलसीपुर-१८ का वडा सदस्य शितल प्रसाद बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण तुलसीपुर-१८ का वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds