जाजरकोट भूकम्प गएको एक महिना पुरा । भूकम्प पीडितलाईचिसोले सताउँदै

Byदोर्ण के.सी.

१७ मंसिर २०८०, आईतवार ०३:५२ १७ मंसिर २०८०, आईतवार ०३:५२ १७ मंसिर २०८०, आईतवार ०३:५२

काठमाण्डौ, १७ मंसिर । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको आज एक महिना पुरा भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किएका छन् । ३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुनस्स्थापनामा त्यति प्रभावकारी काम गर्न सकेको छैन । भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरु थप समस्यामा परेका छन् । यसबाट सबैभन्दा धेरै जोखिममा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका परेका छन् । जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति गरेको छ ।

भूकम्पमा जोगिएकाहरुलाई यतिबेला चिसोले सताउन लागेको छ । झाडापखाला, ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । मुटु रोगी, दम, रक्तचाप र मधुमेहका बिरामीको अवस्था कमजोर बन्दै गएको छ । पछिल्लो विवरणअनुसार जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ गरी २२ जनाले चिसोबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी छन् । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी समस्यामा परेको बताउनुभयो । भूकम्पमा परेर एक सय ५४ जनाले ज्यान गुमाएका थिए । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने सुरसार बल्ल सुरसार हुँदैछ । अस्थायी घर बनाउन सरकारले ढिलासुस्ती गरिरहँदा मुख्य दलहरुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाएका छन् । अरु दलहरु पनि राहतका कार्यक्रम लिएर भूकम्प पीडितकोमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds