दाङ, १२ मंसिर । विगत लामो समयदेखि विकास निर्माणबाट पछि परेको कपुरकोट गाउँपालिका लामो समयपछि उज्यालोमा प।िणत भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले विद्युत विस्तार हुन बाँकी रहेका ठाउँमा विद्युत विस्तारको कामलाई तिब्रता दिएपछि सो क्षेत्र नयाँ अनुहारमा परिणत भएको हो । विद्युत विस्तार हुन बाँकी ठाउँमा विद्युत विस्तारको काम तिब्र बनेको छ । गाउँपालिकाका सबै वडामा विद्युत विस्तार भएपनि सबै वस्तीमा पुग्न बाँकी रहेकोले चालु आर्थिक वर्षभित्र सबै ठाउँमा विद्युत विस्तार गर्ने गरी काम अघि बढाईएको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिएकाछन् । गाउँपालिकाको वडा नम्बर ५ र ६ मा तिहार अघि करिब १ सय घरमा बिजुली बलेको छ । वडा नम्बर ५ को बगरचौर बाहेक

लगभग सबै वस्तीमा विद्युत विस्तार भएको अध्यक्ष पुनले बताएकाछन् । यस्तै तिहार अघि वडा नम्बर ६ थप वस्तीमा विस्तार भएको नेपाल विद्युत प्राधिकरण सल्यानका प्रमुख दिनेश पोखरेलले बताएका छन् । उनले कपुरकोट गाउँपालिकाका ६ वटै वडामा चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतिकरण हुने बताएकाछन् । उनका अनुसार कपुरकोट गाउँपालिकाका करिव ७५ प्रतिशत घरधुरीमा विद्युतिकरण भइसकेको छ । बाँकी रहेको करिब २५ प्रतिशत घरधुरीमा यसै आर्थिक वर्षभित्र विद्युतिकरण गर्ने योजना बताएका छन्।
कपुरकोट गाउँपालिकाको वडा नम्बर २ र ४ मा अन्य वडाको तुलनामा विद्युत विस्तार गर्ने काम बढी रहेको उनले बताएका हुन् । घरमा पहिलो पटक बिजुली बाल्न पाउँदा कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिपनगैरा र फल्लेपानीका स्थानीय खुशी भएका छन् । गाउँमा पहिलो पटक विद्युत आएपछि मोबाईल चार्ज गर्न , टिभि हेर्न, विद्युतिय मोटरबाट पानी तान्न सहज भएको सिपनगैराका सुर्य घर्तीले बताएका हुन् । कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीका अनुसार गतवर्ष नै गाउँपालिकाको २ करोड र नेपाल विद्युत प्राधिकरणको ५ करोड गरी ७ करोडमा ठेक्का सम्झौता भएको हो । यसवर्ष नेपाल विद्युत प्राधिकरणले साढे ५ करोडमा थप ठेक्का लगाएर काम अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds