
थर्कोट समाचारदाता
दाङ, २ मंसिर ।
नेपालकी होची महिला भनेर दावी गरिएकी लमही निवासी ईश्वरी माया छिनालको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । निमोनिया लगायत विभिन्न रोगबाट ग्रसित छिनालको ३१ बर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीवार निधन भएको हो । रुकुम जिल्लामा जन्मिएकी छिनाल ०५५ सालदेखि लमही नगरपालिका(६ घोँडेबासमा बस्दै आएकी थिईन । उपचार गर्न आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोग गर्ने अपिल गर्दै आएका थिए । चार भाइबहिनी मध्ये उनी घरकी जेठी छोरी हुन् । दुई छोरा र दुई छोरीमध्ये अन्य सबै औसत उचाइका छन् । उनको ३० इञ्च उचाइ र साढे आठ किलो तौल थियो । छिनाललाई नेपालकी होची महिला भनेर चिन्ने गरिएको हो ।
