
दाङको तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय तुलसीपरको समन्वयमा आज शुक्रबार तुलसीपुरको सितलपुर रोड स्थित गुम्राह चोक र मदन आश्रित चोकमा जेब्राक्रसिङ निर्माण गरिएको हो । पैदलयात्रीलाई बाटो काट्न सहज होस् भन्ने उदेश्यले जेब्राक्रसिङ निर्माण गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यसले गर्दा सवारी दुर्घटना न्युनिकरणमा समेत टेवा पुग्ने अपेक्षा लिइएको छ । जेब्राक्रसिङ निर्माण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कामदार र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत ट्राफिक प्रहरीहरुको उपस्थिती रहेको थियो ।
