
काठमाडौ, १ मंसिर । जाजरकोट भूकम्प प्रभावितको अस्थायी घरटहरा बनाउन नेकपा एमालेले आजदेखि १ हजार स्वयंसेवक परिचालन गर्दैछ । १ हजार स्वयंसेवकमध्ये पोलिट्ब्यूरो सदस्य तथा एमालेको मजदुर सङ्गठन ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयंसेवकहरूले जाजरकोटको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम सुरु गर्ने महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । एमालेले २३ वटा जनसङ्गठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट १ सय, लुम्बिनी प्रदेशबाट २ सय ५०, कर्णाली १ सय ५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी १ हजार स्वयंसेवक परिचालन गर्न लागेको हो ।
